फाइल यस्तो खुल्यो कि गठबन्धन एक रात पनि टिकेन- गृहमन्त्री लामिछाने



काठमाडौं ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका फाइल खुल्न थालेपछि रातारात सत्ता समीकरण बदलिएको टिप्पणी गरेका छन् ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिंदै उनले भ्रष्टाचारका ठूला फाइल खुल्नथालेपछि सत्ता समीकरण एक रात पनि टिक्न नसकेको टिप्पणी गरेका हुन् ।

उनले कसलाई जोगाउनका लागि सत्ता समीकरणमा फेरबदल आएको भन्ने कुरा जनताले राम्रोसँग बुझेको बताउदै भ्रष्टाचारको फाइल यस्तो खुल्यो कि गठबन्धन एक रात पनि टिक्न नसक्ने भएको बताए ।

गृहमन्त्री लामिछानेले कांग्रेस-एमालेको गठबन्धनमा रास्वपा नजाने स्पष्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्