गिरीको रास्वपा लक्षित टिप्पणी-  ठूला माछा समाउँदै थियौ, थाहा पाएर रातारात  सरकार परिवर्तन गरियो



काठमाडौं ।

अभिनेता दीपकराज गिरिले सत्ता समीकरण परिवर्तन भएपछि रास्वपा लक्षित व्यङ्ग्य गरेका छन् ।

मंगलबार बिहान समाजिक सञ्जालमा टिप्पणी गर्दै अभिनेता गिरीले  अब ठूला माछा समाउँदै थियौ, रातारात देशी विदेशी शक्तिको ग्राइन्ड डिजाइनमा सरकार परिवर्तन गरियो भन्ने सुन्नु पर्ने बताएका हुन् ।

उनले भनेका छन्- ‘नतिजा आउँदै थियो ! ठूला माछा समाउँदै थियौ ! त्यो थाहा पाएर रातारात देशी विदेशी शक्तिको ग्राइन्ड डिजाइनमा सरकार परिवर्तन गरियो । अब सुन्नु पर्ने कुरा !’

रास्वपा सरकारमा गएर ठोस काम गर्न नसकेको र परिणाम दिन नसकेको भन्दै यसअघि रास्वपाका समर्थक रहेका कैयौँ कलाकार र स्वतन्त्र व्यक्तिहरुले अहिले आलोचना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्