राष्ट्रपति भेट्न शीतलनिवास जाँदै प्रधानमन्त्री प्रचण्ड

602
Shares

काठमाडौँ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतलनिवास जाँदै छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड पार्टीको पदाधिकारी बैठक सकिएलगत्तै शीतलनिवास जान लागेका हुन्।

पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गर्न उनी त्यहाँ जान लागेको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

सोमबार मध्यराति एमालेले कांगेससँग सत्ता समीकरण गर्ने सहमति गरेको थियो । एमालेले धोका दिएपछि संकटमा परेका
प्रधानमन्त्रीले पदबाट राजीनामा नदिने र विश्वासको मत लिने निर्णय आजै बिहान बसेको पदाधिकारी बैठकबाट भएको छ।