प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने, विश्वासको मत लिने

5.36k
Shares

काठमाडौँ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने भएका छन्। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा (माओवादी केन्द्रको ) पदाधिकारी बैठकबाट अहिले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरिएको हो।

‘प्रधानमन्त्रीले गलेर छाड्ने कुरा भएन, गणित सो गर्न जाने, संसद् फेस गर्ने र विश्वासको मत लिने कुरामा प्रधानमन्त्रीले धारणा बनाउनुभएको छ,’ माओवादी सचिव देवेन्द्र पौडेलले भने।

एमालेले भने आजै आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने बताएको छ।

विश्वासको मत लिन भने प्रधानमन्त्रीलाई ३० दिनको सुविधा संविधानले नै दिएको छ।