डाइमन्ड म्युजिक अवार्ड ३४ विधामा



काठमाडौं ।

विभिन्न ३४ विधामा अवार्ड प्रदान गर्दै दोस्रो डाइमन्ड म्युजिक अर्वाड–२०८१ राजधानीमा सम्पन्न भएको छ।
समारोहमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले लोकप्रिय लोकगायक कुमार बस्नेतलाई दीर्घ साधना सम्मानबाट सम्मानित गरे।

कार्यक्रममा आधुनिक संगीत विधामा तुल्सीराम विकान्छाले संगीतकार, संगीतकार दीपक शर्मा, गायक गोविन्दमधुर आचार्य, गायिका प्रतिमा केसी, नवगायक दीपक बराल, गीतकार माधवराज खरेल, मोडल हिराकाजी सेन्चुरी र सञ्चिता शाहीले जुरी अवार्ड, रमेशराज भट्टराईंले गायक, रचना रिमालले आधुनिक गायिका, आश्रय रञ्जितले नवगायक, नवगायक सन्तोष राजले पब्लिक च्वाइस अवार्ड, मनोज सिग्देलले गीतकार तथा विक्रम बुढाथोकी र शिल्पा पोखरेलले मोडलको अवार्ड प्राप्त गरे।

त्यसैगरी काठेलोक तथा दोहोरीतर्फ राजकुमार खनालले गीतकार, गीतकार गोविन्द दुलाल, लयकार आकृति हुमागाईं, सुदर्शन अधिकारी, पार्वती कार्की, नवगायक भीमसेन श्रेष्ठ, नवगायिका ललिता भुजेल, मोडल सुमन कालिकोटे, अनु पराजुली र सुरज श्रेष्ठले जुरी अवार्ड, साजन पराजुली, संगम थापा, कोपिला तामाङ, सावित्री गौतम र मिना रायमाझीले पब्लिक च्वाइस अवार्ड, मोहन खड्काले लय, रामकुमार नेपालीले गायक, बद्रि सिटौलाले नवगायक, प्रतिमा अर्यालले गायिका, लक्ष्मी दर्नालले नवगायिका सरोज दाहाल मोडल, नृत्यतर्फ संजीव ठकुरी र आयुष्मा कार्कीले मोडल, श्रीजन पण्डित र अञ्जु गुरुङले नवमोडल तथा अमोन रानाले काठेलोक दोहोरी निर्देशकको अवार्ड पाए।

समारोहमा गायक कुमार पौडेल राष्ट्रिय भावको गीत, यही विधामा गायक शोभाकर भट्टराई जुरी अवार्ड, गायक भरत भट्ट र गायिका चिजा तामाङ भाषाभाषी चाडपर्व गीत, प्रकाश गौतम र राधिका ढकाल जुरी अवार्ड, लोक दोहोरी विधामा लक्ष्मी खड्का नव गायिका, ईन्द्र दाहाल गीतकार, नवीनबाबु विश्वकर्मा प्रोत्साहन अवार्ड, शान्त शिशि संगीतकार, उमेश सिंह ठगुन्ना जुरी अवार्ड, दोहोरी गायक बालकुमार श्रेष्ठ जुरी अवार्ड, अर्जुन सापकोटा गायक, जगत बहादुर घर्ती लोकगीत गायक, शंकर ढकाल नवगायक, मीना लामा लोकदोहोरी गायिका, सुमित्रा तामाङ जुरी अवार्ड, जीत सागर रावत प्रत्यक्ष दोहोरी गायक, ईप्सल सन्जेल प्रत्यक्ष लोकदोहोरी गायिका, शिशिर पौडेल र रिना थापा मोडल, मोडल गरिमा शर्मा जुरी अवार्र्ड, काजिस श्रेष्ठ लोकदोहोरी भिडियो निर्देशक, दीपक विष्ट म्युजिक भिडियो सम्पादक, कुमार राना ध्वनि सम्पादक, कुमार सानु पुन ध्वनि मिश्रण जुरी अवार्ड, जीवन बडू संगीत संयोजक, नारायण ढुंगाल काठेलोक दोहोरी गीत संगीत संयोजक र रक कौशलले छायांकारको अवार्ड प्राप्त गरे।

कार्यक्रममा गायक, संगीतकार तथा फिल्म निर्देशक नारायण रायमाझी, क्याप्टेन तथा अभिनेता विजय लामा, अभिनेत्री सरिता लामिछाने, गायक शिवनारायण जोशी, गायिका तीर्थकुमारी थापा, गायकहरू हरिबहादुर राउत, घमेश दुलाल, गायक चन्द्र शर्मा, गायिका इन्दिरा गोले गुरुङ, हाँस्य कलाकार किरण केसी, पत्रकारहरू प्रकाश सुवेदी, विश्वमणि सुवेदी, चन्द्रमणि गौतम, कमल सरगम, शरण हुमागाईं र विनिता कुँवर क्षेत्री, अभिनेताहरू धिरेन शाक्य, विराज भट्ट, पल साह, सागर लम्साल, मोडल आयुष्मा सिम्खडा र राजकुमार ब्लोनललाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्