सतीदेवी भदौमा



काठमाडौं ।

साउन ४ का लागि रिलिज डेट तोकिएको फिल्म सतीदेवी भदौ ७ गतेमात्र रिलिज हुने भएको छ। दिलासा क्रियसन प्रालिको ब्यानरमा लक्ष्मण सुवेदीद्वारा निर्मित, लिखित तथा निर्देशित फिल्मका केही प्राविधिक कारणले रिलिज डेट हेरफेर गरिएको निर्माण कम्पनीले जानकारी गराएको छ।

फिल्ममा मलिका महत, कुलबहादुर अधिकारी, सिर्जना अधिकारी, रमेश बुढाथोकी, भोलाराज सापकोटा, सन्दीपबाबु लोहनी, सुजिता शिवाकोटी, सन्देश लिम्बू, मनीषा सापकोटालगायत कलाकारले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्