कांग्रेस र एमालेबीच गठबन्धन बनाउने सहमति 



काठमाडौँ। 

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ गठबन्धन बनाउने सहमति भएको छ । संविधान संशोधन र नागरिकका निराशा चिर्ने गरी कांग्रेस र एमालेबीच गठबन्धन गर्ने सहमति बनेको स्रोतले जनायो ।

स्रोतका अनुसार कार्यदलस्तरमा काम टुंगिसकेको छ । आजै कांग्रेस सभापति शेरबहादुर देउवा र केपी शर्मा ओलीले समझदारीमा हस्ताक्षर गर्ने तयारी गरिएको बताइएको छ ।

यसका लागि  साँझैदेखि कांग्रेस र एमालेबाट दुई–दुई नेता छलफलमा जुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्