प्रियंका अब माइली



काठमाडौं ।

रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बाबूसाहेब बलामीको कन्सेप्ट र निर्देशनमा बन्ने फिल्म माइलीमा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छन्।

फिल्मको निर्माण समूहले प्रियंकाको पोस्टर लुक पनि सार्वजनिक गरेको छ। पोस्टरलुकमा प्रियंकालाई ग्रामीण महिलाको चरित्रमा प्रस्तुत गरिएको छ।

निर्देशक बलामीले सत्य घटनामा आधारित फिल्ममा महिलाको पीडा देखाइने बताए। ‘दलित महिलाका श्रीमान् नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउँछ, उसका स–साना नाबलक छोरी हुर्काउन कति कठिन हुन्छ, समाज जातीयताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ,’ निर्देशक बलामीले भने।

शंकर अधिकारी ‘घायल’ को गीत, पटकथा, सम्वाद तथा राजेन्द्र बजगाईंको संगीत रहने फिल्मको यही महिनाको अन्तिमबाट मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा छायांकन गरिने निर्माण समूहले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्