यो मन त मेरो नेपाली होको सुटिङ पूरा



काठमाडौं ।

आँखै रसिलो बोलको गीतको छायांकनसँगै फिल्म यो मन त मेरो नेपाली हो को छायांकन सकिएको छ।

आँखै रसिलो गीतमा दीपक शर्माको शब्द र संगीत तथा सविन सुवेदी र अस्मिता अधिकारीको स्वर रहेको छ। गीतको भिडियो कविराज गहतराजले कोरियोग्राफी गरेका छन्।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार रोशन श्रेष्ठ र आयुषा समालस“गै मेरो डान्स युनिभर्सकी बिजेता खुशी कार्की, नारायण प्रधान र डी आइडीका टप टेन डान्सर नरेश वीर सिंहले नृत्य गरेका छन्।

फिल्मको छायाँकन अमेरिकामा समेत गरिएको छ। योबाहेक झापा र इलामका साथै भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बंगाललगायत स्थानमा छायांकन गरिएको फिल्ममा भारत, मलेसिया, पोल्यान्ड, अस्टिया, बेल्जियम, ट्युनिसिया, जर्मनी, साउथ अफ्रीकालगायत देशका कलाकारलाई अभिनय गराइएको छ।

फिल्ममा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन, सुबास भण्डारी, विजय सुब्बा, बिजिता बर्देवा, देवराज राजबंशीलगायतले अभिनय गरेका छन्।

पद्मा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा ज्ञानबहादुर प्रधान (रोशन)द्वारा निर्माणाधीन फिल्म साहित्यकार मित्र प्रधान (नर) ले निर्देशन गरेका छन् भने निर्देशक प्रधानको कथा, शिवम् अधिकारीको लेखन, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जन द्वन्द्व निर्देशन र सौरभ लामाको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्