रंगकर्मी हरिहर शर्मासहित कलाकर्मी सम्मानित

376
Shares

काठमाडौं ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आधा दर्जन कलाकर्मीलाई सम्मान गरेको छ। प्रतिष्ठानले १४औं वार्षिकोत्सवको अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा एक समरोह आयोजना गरी राष्ट्रपति रामचन्द्र पौडेलबाट कलाकर्मीलाई नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० प्रदान गरेको हो।

सो अवसरमा रंगमञ्च विधाबाट ख्यातिप्राप्त रंगकर्र्मी हरिहर शर्मा, परम्परागत तथा शास्त्रीय संगीत विधाबाट संगीतज्ञ चन्दनकुमार श्रेष्ठ र लोक संगीत विधाबाट लोकगायक बमबहादुर कार्कीलाई नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० प्रदान गरेको हो।

त्यसैगरी संगीत विधाबाट ख्यातिप्राप्त गायिका तारा थापा, नाटक विधाबाट नाटककार गोपाल देवान र नृत्य विधाबाट नृत्य निर्देशक जोगेन्द्र केसीलाई नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० प्रदान गरेको छ। कलाकर्मीहरूलाई सम्मानका साथ जनही एक लाख एक रुपैया“ नगद प्रदान गरिएको छ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले कलाकर्मीको सम्मान गर्न पाउँदा गौरवान्वित महसुस गरेको जनाउ“दै नेपालको सांस्कृतिक धरोहरलाई जोगाउन र विश्वभर चिनाउन कलाकर्मीको योगदान अविष्मरणीय रहेको चर्चा गरे। राष्ट्रपति पौडेलले संगीत र नाट्य कला नेपाली समाजको अभिन्न अंग र भावी पुस्ताका लागि महत्वपूण सम्पत्ति रहेको चर्चा पनि गरे।

कार्यक्रमका विशेष अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले सम्मानित कलाकर्मीलाई बधाई दिँदै नेपाल र नेपाली पहिचानलाई विश्वसामु चिनाएको नेपालको सांस्कृतिक धरोहरलाई जोगाउन महत्वपूर्ण योगदान दिने कलाकर्मीको योगदानको चर्चा गरे।

समारोहकी अध्यक्ष तथा प्रष्ठिानकी कुलपति निशा शर्माले विविधतामा एकता नेपाली समाजको विशेषता भन्ने तथ्यलाई आत्मसात गर्दै राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउन संस्कृतिको अहम भूमिका हुनेमा जोड दिइन्।

उपकुलपति शम्भु राईले हरेक वर्ष प्रदान गरिने नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारको राशी बढाउन प्रतिष्ठानले प्रयास गरिरहेको बताए।