इन्फा अवार्ड लण्डनमा हुने



काठमाडौं ।

यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) २०२४ लण्डनमा हुने भएको छ। नेपाली फिल्मको श्रीवृद्वि तथा अन्तर्राष्ट्रिय बजार विस्तारको हेतु लण्डनमा यति इन्टरनेसनल नेपाली फिल्म (इन्फा) अवार्ड २०२४ आयोजना हुने भएको छ।

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यति नेपाली एसोसिएसन, युकेको आयोजना र सगिक्षा फिल्म इन्टरनेट प्रालिको व्यवस्थापनमा आगामी भाद्र १५ गते लण्डन सहरमा अवार्ड कार्यक्रम गरिने आयोजकले जानकारी गराएका छन्।

२०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका फिल्मलाई आधार मानेर उत्कृष्ट ३ छनोट गरिने आयोजक संस्थाले जानकारी गराएको छ। इन्फा अवार्ड २०२४ को जुरीमा सुनील थापा जुरी संयोजक तथा गौरी मल्ल र उज्ज्वल घिमिरे सदस्य रहेका छन्। यति नेपाली एसोसिएसन युके तत्कालीन युवराज वीरेन्द्रको पहलमा पशुपति सम्शेर राणा अध्यक्ष भएर १९६० मा स्थापित भएको संस्था हो।

कार्यक्रममा फिल्मकर्मीलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ मर्यादित, प्रतिष्ठित अवार्ड गर्ने संस्थाका अध्यक्ष पिप्ला देवन थापाले बताइन्।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम भव्य र सभ्य हुने विश्वास सहभागी फिल्मकर्मीले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्