आज २०८१ साल असार १५ गते शनिबार, यस्तो तपाईंको राशिफल



मेष : आजको निर्णय दीर्घकालीन बन्नेछ। मनमा उदार भाव आउने छ। दिन रमाइलो बन्नेछ। परिवारमा तनाव हुने देखिन्छ। बौद्धिक टकराब हुने भएकाले बोल्नु अगाडि सोच्नु राम्रो हुन्छ।

वृष : आफ्नो ख्याल नगर्ने बानीले घाटा हुनसक्छ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुन्छ।

मिथुन : दिन खुशीका साथ बित्नेछ। राम्रो आम्दानी हुनेछ। साथीले सहयोग गर्नेछन्। स्वदेशमा देखिने अवसरले मनमा उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : समय संघर्षपूर्ण छ। तपाईंले दया गरेकै व्यक्तिबाट धोका हुनेछ। लगानी नउठ्ने जोखिम हुनसक्छ। परिवारमा भने मेलमिलाप हुनेछ। वैदेशिक लगानीको क्षेत्रबाट पर्याप्त नाफा हुनेछ।

सिंह : बौद्धिक क्षेत्रको लगानीले उत्साहित बनाउने छ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारको विश्वास धेरै गर्नाले धोका हुने जोखिम देखिन्छ।

कन्या : आफू कमजोर भएको महसुस हुनेछ। प्रिय वस्तु हराउने खतरा छ। अरुलाई तर्साएर आफ्नो काम पूरा गर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : लामो समय रोकिएका काम सञ्चालन हुनेछन्। शिक्षाको माध्यमबाट सफलता मिल्नेछ। यो क्षेत्रमा नाम र दाम मिल्नेछ। समयको दुरुपयोग गर्ने साथी धेरै हुनसक्छन्। परिवारसँगको भेटले दिन रमाइलो हुनेछ।

वृश्चिक : धार्मिक क्षेत्रका कुराले मनमा अविश्वास बढ्नेछ। भौतिक कुराले मनमा खटपटी बढ्ने जोखिम छ। थकान र आलस्य बढ्नेछ। शुभचिन्तकको साथ र सहयोग प्राप्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। परिवारले राम्रो साथ दिनाले दैनिकी सहज बन्नेछ।

धनु : समय राम्रो छ। बोलीको प्रभावले तपाईंको महत्त्व बढाउने छ। सामाजिक र राजनीतिक काममा समय खर्च हुनेछ। कृषि र फलफूलमा गरेको लगानीबाट नाफा हुनेछ परिवारले राम्रो साथ दिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दबाब र तनावले सताउने योग छ। भएको सम्पत्ति संरक्षण गर्नुपर्ने देखिन्छ। परिवारको रचनात्मक सहयोग प्राप्त हुनेछ। मित्रको साथ प्राप्त हुनेछ।

कुम्भ : मध्य साढेसाती दशा भएकाले झुटा आरोप लाग्नसक्छन्। मन अशान्त हुनसक्छ। शनिदेवको छाया योग भएकाले शनिशान्ती गर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : चन्द्रमा तपाईंको राशिमा छन्। पहेँलो वस्त्र धारण गर्नु लाभदायक बन्नेछ। कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ। अनुत्पादक क्षेत्रमा खर्च हुने जोखिम छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको सहयोग मिल्नेछ।

 

प्रतिक्रिया दिनुहोस्