वीर अस्पतालमा पूर्वमन्त्री किराँतीले गरे शल्यक्रिया



काठमाडौं ।

वीर अस्पतालमा पूर्वमन्त्री तथा माओवादी नेता सुदन किराँतीको शल्यक्रिया भएको छ ।

प्रतिनिधिसभा सदस्य रहनुभएका किराँतीको आज पित्तथैलीको अप्रेसन भएको उनी निकट माओवादी नेता हेमन्त राईले जानकारी दिए ।

राईका अनुसार ४–५ महिना पहिला परीक्षणका क्रममा किराँतीको पित्तथैलीमा मासु पलाएको देखिएको थियो । त्यो ठूलो भएको पाइएपछि अहिले शल्यक्रिया गरिएको हो । किराँती आज शल्यक्रियाका लागि हिजोबाट भर्ना भएर बसेका थिए ।

डा.सरद पोखरेल नेतृत्वको टिमले पूर्वमन्त्री किराँतीको शल्यक्रिया भयो । शल्यक्रिया सफल भएको र अहिले भीआइपी वार्डमा राखिएको वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले जानकारी दिए ।

वीर अस्पतालको नयाँ सर्जिकल भवनमा एक वर्ष अगाडि भीआइपी कक्ष सञ्चालनामा ल्याइएको थियो । वीर अस्पतालको पुरानो भवनमा पहिलेदेखि नै भीआइपी र भीभीआइपीका लागि २ शय्या छुट्यायएको थियो । त्यो २ सँगै नयाँ सर्जिकल भवनमा ३ शैय्या थपेर गत साउनदेखि ५ शय्याको सुविधासम्पन्न भीआइपी कक्ष सञ्चालनमा ल्याइएको थियो ।

उक्त सेवा सञ्चालनमा आएपछि शल्यक्रिया गराउने किराँती पहिलो भीआइपी रहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)का उपकूलपति प्रा.डा.भूपेन्द्रकुमार बस्नेतले बताए ।

‘भर्ना भएर उपचार त पूर्वराष्ट्रपति, कोशी प्रदेशका मन्त्रीले पनि गराउनुभएको होु डा।बस्नेतले भन्नुभयो, ‘नयाँ सुरु भएपछि शल्यक्रिया गराउने भीआइपी चाहिँ उनी पहिलो नै हो।’ भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका किराँती १४ महिना संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्