पूर्वगृहमन्त्रीका छोरा प्रतीक थापा पक्राउ

53.86k
Shares

काठमाडौं ।

पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनलाई केहीबेर अघि काठमाडौंको विशेष टोलीले काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो ।

ठगी, कीर्ते, संगठित अपराध र राज्य विरूद्धको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंले ३० जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो।

यो प्रकरणमा ३० जनाविरूद्ध ०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो।