बिजुली काटेर स्कार्पियो गाडी चोरी



रौतहट ।

रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वरडा -३ मत्सरीमा स्कार्पियो गाडी चोरी भएको छ । घर अगाडि लगाइएको बागमती प्र ०१ ०२६ च ५८६४ नम्बरको स्कार्पियो गाडी चोरी भएको छ । स्थानीय राजन झाको घर अगाडि राखिएको सो गाडी रिसभिले चोरी गराइएको गाडी धनीको भनाई रहेको छ ।

मंगलबार अबेर राती अन्दाजी १ देखि ३ बजेको समयमा गाडी चोरी भएको स्थानीयहरुले जनाएको छ । प्रहरीमा उजुरी दिए पनि गाडी चोरी भएको ३ दिन विति सक्दा अहिले सम्म प्रहरीबाट कुनै किसिमको खोज तलास सम्बन्धित सुचना नआएको गाडी धनीको गुनासो रहेको छ ।

राजेश कुमार झाको नाममा रहेको बागमती प्र ०१ ०२६ च ५८६४ नम्बरको गाडी चोरी हुनु भन्दा पहिला गाउँभरीको विद्युत लाईन काटेर बाटोमा रहेको सिसि टिभी बन्द हुने बितिकै गाड़ी चोरी भएकाले चोरीमा गाउँको मान्छेको पनि संल्ग्ताहुन सक्ने गाडी धनीले दाबी गरेका छन ।

जिल्ला प्रहरी कार्यालय रौतहटले चोरीको घटना बारे अनुसन्धान भईरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्