धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया रद्द



काठमाडौँ।

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले छनोट प्रक्रिया रद्द गर्ने निर्णय गरेको छ । सिफारिस समितिको आज बसेको बैठकले छनोट प्रक्रिया रद्द गरेको अर्थ मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको समितिको मिति २०८१/३/१४ को निर्णयअनुसार नेपाल धितोपत्र बोर्डको अध्यक्षको निमित्त नाम सिफारिस गर्नको लागि मिति २०८०/११/१६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनौट सम्बन्धी सम्पूर्ण प्रक्रियाहरू रद्द गरिएको ब्यहोरा सम्बद्ध सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, समितिले प्रकाशन गरेको सूचनामा भनिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्