रसुवा धुन्चेस्थित नमुना एभरग्रिन प्रथम, छात्रातर्फ कालिका हिमालयनकी यमुना पौडेल उत्कृष्ट 



रसुवा । 

रसुवा जिल्लाबाट शैक्षिक सत्र २०८० को एसइई परीक्षामा २४  विद्यालयबाट ५ सय ४५ जना सहभागी मध्ये १ सय ३९ जना उत्तीर्ण भएका छन् ।

जिल्लाभरको निजी तथा सामुदायिक विद्यालय मध्ये सदरमुकाम धुन्चे रहेको निजी विद्यालय नमुना एभरग्रिन आवासीय माध्यमिक विद्यालय उत्कृष्ट  शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको  छ  ।

कालिका हिमालयन माविकी छात्रा यमुना पौडेल रहेकी छन् । जसले  ३.९५ जिपिए ल्याएकी छन् । यस्तै छात्रतर्फ उत्कृष्ट विद्यार्थी धुन्चेस्थित हाईल्याण्ड आवासीय माविका दिवाकर शाही रहेका छन् उनले ३.५९ जिपिए ल्याएका छन् ।

सामुदायिक विद्यालयतर्फ कालिका ५ जिवजिवेमा रहेको नीलकण्ठ नमुना मावि जिल्ला कै उत्कृष्ट विघालय रहेको जिल्ला समन्वय इकाईका प्रमुख कर्ण बहादुर बानियाँले  जानकारी दिए । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले बिहीबार सार्वजनिक गरेको एसइईको नतिजाअनुसार २ लाख २२ हजार ४७२ जना (४७.८६ प्रतिशत) विद्यार्थी भने उत्तीर्ण भएका छन् ।

यसमा सबभन्दा धेरै ७८ हजार ८७४ जना जिपिए २.८० देखि ३.२० मा परेका छन् । सार्वजनिक नतिजाअनुसार १ लाख ७७ हजार ९८५ जना विद्यार्थीले अनिवार्य गणित विषयमा एनजी अर्थात् पूर्णाकको ३५ प्रतिशत अंक ल्याउन सकेका छैनन् । परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।

उनीहरुले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ । दुई सय २१ जनाको परीक्षा रद्द भएको उनले जानकारी दिए । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको जानकारी दिए । गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्