सिधा कुरा डटकमका अध्यक्ष र सम्पादकसहित तीन जनाविरुद्ध मुद्दा दायर

10.43k
Shares

काठमाडौँ।

सिधा कुरा डटकमका अध्यक्ष र सम्पादकसहित तीन जनाविरूद्ध मुद्दा दायर भएको छ।

सरकारी वकिलको कार्यालय काठमाडौंले सिधाकुराका अध्यक्ष तथा प्रस्तोता युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना र राजकुमार तिमल्सीनाविरूद्ध मुद्दा दायर भएको हो। उनीहरु तीनै जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको छ।

सिधाकुराले डार्क फाइल भन्दै अडिओसहित समाचार प्रकाशन गरेको थियो। उक्त अडिओ तिमल्सीनाले उपलब्ध गराएको भनिएको थियो।

सर्वोच्च अदालतले वैशाख २३ गते आदेश गरेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले डार्क फाइलको अडिओ प्रकरणमा छानबिन गरेको थियो।

उनीहरू तीनै जनाविरूद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको र अपमानजनक व्यवहार सम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो।