दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक

1.6k
Shares

काठमाडौं ।

असार २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले फिल्म गाउँको परिवेशमा बनेको बुझ्न सकिन्छ।

एउटा गाउँमा शिक्षण पेसा गरिरहेका दयाहाङ राईको त्यहीँकी मगर युवती मिरुना मगरसँग प्रेम बसेपछि आउने आरोह-अवरोहको कथामा ट्रेलर केन्द्रित छ।

अनिल बुढा मगरद्वारा निर्देशित फिल्ममा दयाहाङ, मिरुना र शिशिरसहित कविता आले, भोलाराज सापकोटा, पुष्कर गुरुङ, बुद्धि तामाङ, खड्कबहादुर पुन (खबपु), राज थापा, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगर, सुरेश पुन लगायतको पनि अभिनय छ।

जिएम मुभिज् र एबीएम सिनेमा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जनक घर्ती मगर हुन्। पूर्वी रुकुम आसपासमा छायाङ्कन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैँले लेखेका हुन्।

उनलाई पटकथा तथा संवाद लेखनमा भने विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन्। फिल्ममा सुसन प्रजापतिको छायाङ्कन र कृष्ण भण्डारीको सम्पादन छ।