दीपिका ऋचाको बचाउमा



काठमाडौं ।

बलिउड नगरीमा कहिले अभिनेत्रीहरूको दुस्मनी हुन्छ भने कहिले उनीहरूको उदहारणीय मित्रता चल्छ।यस्तै मित्रता हालै अभिनेत्रीद्वय दीपिका पादुकोण र ऋचा चढ्ढाबीच देखिएको छ।

ऋचा हालै सामाजिक सञ्जालमा ट्रोल भएकी दीपिकाको बचाउमा उभिएकी छन्। हालै दीपिका आफ्नो नयाँ फिल्म कल्की २८९८ एडीको प्रचारात्मक कार्यक्रममा सहभागी भएकी थिइन्। जसमा दीपिकाले आफ्नो पहिरनमा बडीकर्न र अग्लो हिल लगाएकी थिइन्।

कार्यक्रमको भिडियो तथा तस्वीर सामाजिक सञ्जालमार्फत बाहिरिनेबित्तिकै दीपिकाको पहिरनप्रति मानिसले टिप्पणी शुरू गरे। दीपिका हाल गर्भवती रहेकाले मानिसले उनले यस्तो अवस्थामा लगाएको पहिरन ठिक नभएको भन्दै उनलाई सहज हुने पहिरन लगाउन सुझाव दिएका थिए।

यो विषयलाई लिएर अर्की अभिनेत्री ऋचा चढ्ढाले प्रतिक्रिया दिएकी छन्। उनले दीपिकामाथि प्रतिक्रिया दिने सामाजिक सञ्जाल प्रयोगकर्तामाथि लक्षित गर्दै आमा बन्न लागेको मानिसलाई ज्ञान नबा“ड्न आग्रह गरेकी छन्। ‘यदि तपाईं आमा बन्दै हुनुहुुन्न भने तपाईं चुप रहनुहोस्,’ उनी लेख्छिन्।

ऋचाको यो प्रतिक्रिया उनका फ्यानले भने सकरात्मक रूपमा लिएका छन्। बलिउड अभिनेत्रीहरू एकलाई अप्ठेरो पर्दा अर्कोले सहयोग गरेको भन्दै ऋचाको भने प्रशंसा गरेका हुन्। ऋचा स्वयं पनि गर्भवती छन्। उनले सन् २०२२ मा अभिनेता अलि फजालका साथ विवाह गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्