नवलपरासीमा सामुदायिक स्कुलका दुई छात्रले ल्याए ४ जिपिए



नवलपरासी ।

नवलपरासी जिल्लाको मध्यविन्दु नगरस्थित सामुदायिक नवजागरण माविका दुई छात्रले जिपिए फोर नतिजा हासिल गरेका छन् ।

बिहिवार सार्वजनिक भएको एसईई परीक्षा २०८० मा सामेल एकै विद्यालयका सौगात पोख्रेल र प्रतीक ज्ञवालीले जिपिए फोर नतिजा निकालेका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका सूचना अधिकारी तिलक खड्काका अनुसार ४ जिपिए ल्याउन नवजागरण माविका २ छात्र सफल भएका छन् । प्राप्त नतिजासंगै नवजागरण माबि चोरमारा जिल्लामा सर्वाधिक जिपिए फोर नतिजा ल्याउने विद्यालय सावित भएको छ ।

विद्यालयबाट एसईई परीक्षामा सहभागी १ सय ३५ विद्यार्थी मध्ये ८२ जना उतिर्ण रहेको प्रधानाध्यापक हरि प्रसाद देवकोटाले बताए ।

प्रधानाध्यापक देवकोटाका अनुसार छात्र द्वय पोख्रेल र ज्ञवाली बिद्यालयका अनुशासित तथा जेहेन्दार बिद्यार्थी हुनुका साथै बौद्धिक प्रतिभामा पनि प्रतिस्पर्धा रहदै आएका थिए ।

जिल्लाकै सान छात्र पोख्रेल नगर भित्रकै आधारभूत विद्यालयबाट कक्षा ६ मा भर्ना भै अध्ययनरत विद्यार्थी हुन् भने ज्ञवाली पहाड घर गुल्मीबाटआई कक्षा ४ देखि नबजागरण माविमा पढ्दै आएका थिए ।

एसईईको जिल्लागत नतिजा अनुसार साधरण तथा प्राविधिक तर्फ गरी ३ सय ६७ जनाले ए प्लस, ८ सय ४० जनाले ए, १ हजार १ सय ७५ जनाले बि प्लस,५ सय ६० जनाले बि र २१ जनाले सि प्लस ग्रेड ल्याएका छन् ।

जिल्ला शिक्षा बिकास तथा समन्वय स्रोतका अनुसार नवलपुर जिल्लामा एसइइ २०८० को नतिजामा नन ग्रेड रहेका बिद्यार्थी संख्या २ हजार ९ सय १० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्