खनाल र भट्टराईले बचाए रुपन्देहीको शान, २ जनाले मात्र ल्याए ४ जीपीए



बुटवल  । 

पटक पटक नेपाल प्रथम भै नाम कमाउने जिल्लाका रुपमा परिचित रुपन्देही यस वर्षको एसईईको नतिजामा केवल २ जनाले जीपीए ४ ल्याएर जिल्लाको सान बचाएका छन् ।

जिल्लाको एक सामुदायीक विद्यालय र एक नीजि विद्यालयका दुवै छात्रले जीपीए ४ ल्याएका हुनु । रुपन्देहीको सैनामैनास्थित रामापुर माविका कृतिम भट्टराईले एसईईको नतिजामा जीपीए ४ ल्याएका छन् ।

रामापुर माविबाट १८० जनाले एसईई दिएकामा भट्टराईको मात्रै जीपीए ४ नतिजा देखिएको विद्यालयका प्रधानाध्यापक कृष्ण पौडेलले बताउनु भयो । बुबा कृष्ण भट्टराई र आमा रमा भट्टराईका जेष्ठ सुपुत्रका रुपमा जन्मिएका कृतिम सानैदेखि पढाइमा मेधावी थिए ।

त्यस्तै नीजितर्फबुटवलको न्यू होराइजन स्कूलका प्रवेश खनालले एसईईको नतिजामा जीपीए ४ ल्याएका छन् । न्यू होराइजनबाट ३३९ जनाले एसईई दिएकामा प्रवेशको मात्रै जीपीए ४ नतिजा देखिएको विद्यालयका प्रिन्सिपल लोकनाथ उपाध्यायले बताउनु भयो ।

देशभर १८६ जनाले ४ जीपीए ल्याएका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका ४ दागिल स्थायी घर भएका प्रवेश बुटवलमा रहेर कक्षा २ देखि न्यू होराइजन पढेका उनका काका लिला खनालले बताउनु भयो । प्रवेशका बुबा नारायणबहादुर खनाल र आमा भगवती थापा खनाल सरकारी जागिरे हुन् ।

प्रतिक्रिया दिनुहोस्