यसरी हेर्नुहोस एसईई नतिजा



काठमाडाैं  ।

माध्यामिक शिक्षा परीक्षा (एसइई) को २०८० को नतिजा सार्वजनिक भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहिबार विहान नतिजा सार्वजनिक गरेको हो। सार्वजनिक नतिजाअनुसार ४७.८६ प्रतिशतमात्रै विध्यार्थी उत्तिर्ण भएका छन्। यस्तै ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।

एसइई नतिजा विभिन्न ११ वटा संस्थाको वेवसाईट, आइभिआर र एसएमएसमार्फत् हेर्न सकिने कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्