हिमालयन एभरेष्ट इन्स्योरेन्सका सिइओ शाहले दिए राजीनामा



काठमाडौं ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विजय बहादुर शाहले राजीनामा दिएका छन् ।

शाहले आज आफने कार्यकाल सकिन दुई वर्ष बाँकी हुँदा नै पदबाट राजीनामा दिएका हुन् । उनले संचालक समितिलाई राजीनामापत्र बुझाएका छन् ।

साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट मर्जपछिको कार्यकाल २ वर्ष बाँकी थियो । उनी अघिल्लो वर्ष २०७८ फागुन १ गते कम्पनीको सिइओ बनेका थिए ।

शाहकाे राजीनामापछि हिमालयन एभरेष्टको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी डिसीइओ अञ्जु श्रेष्ठलाई प्रदान गरिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्