तिलोत्तमामा पूर्ण खोप दीगोपना सुनिश्चितता



बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका पूर्ण खोप दीगोपना सुनिश्चितता पालिका घोषणा गरिएको छ ।

यो घोषणा संगै अब नगरपालिकामा ५ वर्ष उम्मेरसम्मका कुनै पनि वालवालिका खोप लगाउन बाँकी नभएको प्रमाणित भएको छ ।

नगरपालिकाले बुधवार पूर्ण खोप दीगोपना सुनिश्चितता पालिका घोषणा गर्न सफल हुनुले स्वास्थ्य क्षेत्रमा अब मृत्यु दर ,रोगदर र अपागंता हुनेहरुको दरमा कमी हुने विश्वास लिईएको छ । नगरपालिकाले जिल्ला समन्वय समिती रुपन्देहीका प्रमुख उमकान्त चपाई, जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालको रोहवरमा पूर्ण खोप दीगोपना सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

नगर प्रमुख रामकृष्ण खांणलाई समन्वय समिती प्रमुख उमकान्त चपाईले पूर्ण खोप दीगोपना सुनिश्चितताको प्रमाणपत्र प्रदान गर्नु भएको हो । सो अवसरमा प्रमुख चपाईले खोज र खोप अभियान अन्तर्गत ७ जना वालवालिका लारुई खोजेर खोप लगायसंगै तिलोत्तमा नगरपालिका पूर्ण खोप दीगोपना सुनिश्चितता पालिका हुन सफल भएको सुनाउनुभयो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले हरेक कुरामा अब्बल रहेको तिलोत्तमा नगरपालिका भित्र रहेका सबै खोप केन्द्रहरुलाई आफ्नै भबनमा रहने व्यवस्था मिलाउन र गुगलमा स्वास्थ्य केन्द्रहरुको अपडेट गर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका खोप सुपरभाईजर भेषराज शर्मा र तिलोत्तमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेलले नेपालमा खोप लगाउन शुरु गरेको समय बर्तमान अवस्था र तिलोत्तमाको अवस्थाका वारेमा यसरी पव्रकाश पार्नु भएको थियो ।

घोषणा कार्यक्रमा नगर प्रमुख रामकृष्ण खांणले नगरपालिका पूर्ण खोप दीगोपना सुनिश्चितता पालिका घोषणा गर्नका लागि हरेक क्षेत्रवाट भएको सहयोगको आभार प्रकट गर्दै यो घोषणाले नगरपालिकाको उचाई थप एक कदम अगाडी बढेको बताउनुभयो । यो अभियानलाई सार्थक वनाउन जनप्रतिनिधी र कर्मचारीको महत्वपूर्ण भूमिका रहेको भन्दै धन्यवाद र आभार प्रकट गर्नु भयो ।

घोषणा सभामा नगरउप प्रमुख जगेश्वरी देवि चौधरी , नगरका सबै स्वास्थ्य केन्द्रका कर्मचारी , १७ वटै वडाका जनप्रतिनिधी कार्यपालिका सदस्यहरुको सभागिता रहेको कार्यक्रममा स्वास्थ्य शाखाका खोप निरिक्षक केशव भट्रराईले कार्यक्रम संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्