प्राचीन स्मारक सहित ३ जना पक्राउ



बाँके ।

राप्तिसोनारी गाउँपालिका-८ ढकेरी शम्सेरगंजस्थित सडकबाट प्राचीन स्मारकसहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रूपन्देही तिलोतमा नगरपालिका-११ बस्ने ५० वर्षीय खिम बहादुर कुँवर, ५० वर्षीय रामु न्यौपाने र दाङ घोराही उपमहानगरपालिका-१५ बस्ने ५८ वर्षीय निम बहादुर कुँवर रहेका छन् ।

उनीहरुलाई ओम नमस् शिवायस् लेखिएको तुलमा बेरी झोलामा लुकाई राखिएको गोलाई १ फिट ६ ईन्च, उचाई ९ ईन्च, तौल ८ किलो ६८० ग्राम भएको पहेंलो धातुमा कालो पालिस लगाएको धातुको जस्तो बुद्धको मूर्ति १ थान, ८ ईन्च लम्बाई भएको कटर १ थान, ८ ईन्च लम्बाई भएको पिलास १ थान, ८ ईन्च लम्बाई भएको फलामको रेति १ थान र भारतीय सिमकार्ड १ थान सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उनीहरू उपर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्