उत्तरी धादिङ जाेड्ने सडकमा पहिराे, यातायात र पैदल सम्पर्क विच्छेद 



धादिङ । 
अविरल बर्षापछि रुवीभ्याली गाउँपालिकाको बोरांगबाट लिस्ने खोला जाने सडक अवरुद्ध भएपछि लयातायात र पैदल यात्रा गर्ने बाटाे समेत बन्द भएको छ ।
गए राति परेको मुसलधारे वर्षातको कारण पहिरोले सडक दुई दुईतर्फी अबरुद्ध हुँदा बिहान ७ बजे देखि धादिङको रुबीभ्याली गाऊँपालिका वडा नंबर –४ बोरांगबाट लिस्ने खोला जानेबाटोमा पहिरो खसेर सडक अवरुद्ध हुन पुगेको हो । पहिरोका कारण सडक दुईतर्फी नै अवरुद्ध भएको छ ।
सड़क अबरुद्ध हुँदा रुवीभ्याली गाउँपालिकाको केन्द्र सम्म आवतजावत गर्ने सवारी साधनहरु बिच सडककमै रोकिन पुगेको उपाध्यक्ष फेलामा तमांगले वताए । पहिरोको कारण उपाध्यक्ष तामाङको गाडी पनि रोकिन पुगेको छ ।
पहिरोले सडक अबरुद्ध हुँदा बिहान ७ बजे देखि धादिङको रुबीभ्याली गाउँपालिका वडा नंबर –४ बोरांगबाट जिल्ला सदरमुकाम र अन्य स्थानमा जाने सवारी रोकिन पुगेका छन् । पहिरोले गर्दा लिस्ने खोला जानेबाटोमा रोकिएका सवारी साधनहरु फर्काएर जान समेत नसक्ने अवस्था रहेको उपाध्यक्ष तामाङले बताए ।
सडक अबरुद्ध हुँदा ३५ -४० जना यात्रुहरु अलपत्र अवस्थामा रहेका छन । अबरुद्ध सडक खुलाउन डोजर लैजाने प्रयास भईरहेको भएपनि साँघुरो सडकमा सवारी रोकिएकाले समस्या भईरहेको वताईएको छ ।
पहिरो नजिकै रहेका डोजर चलाउन आवश्यक इन्धन खच्चर मार्फत बोकाएर लैजाने प्रयास भईरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजाराम खतिवडाले जानकारी दिए । यस्तै  जिल्लाका ग्रामीण सडकहरु पनि वर्षासँगै अबरुद्ध बनेको खबर प्राप्त भएका छन् ।
यातायात मात्र हाेईन मानिस अावत जावत गर्न समेत पहिराेले उत्तर जाेड्ने बाटाे बन्द भएकाे छ । सडक निर्माणकाे क्रममा ढिलाइ हुँदा हरेक वर्ष उत्तरका जनताले सास्ती खेप्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्