नेपालको कम्युनिष्ट आन्दोलनमा मदन भाण्डारीको योगदानमाथि विद्यार्थीको चर्चा 



धादिङ ।
नेकपा एमालेका तत्कालीन महासचिव तथा जनताको बहुदलीय जनवादका प्रवर्धक मदन भण्डारीसँग समकालीन राजनीतिक आन्दोलनहरूमा सहभागी हुनुभएका नेकपा एमाले केन्द्रीय सदस्य धर्मदत्त देवकोटा प्रमुख अतिथिको रूपमा मञ्चमा सहभागी थिए  ।
मदन भण्डारीको योगदानबारे घण्टौँ धारणा व्यक्त गर्ने व्यकि्तहरु भएको कार्यक्रममा विद्यालयमा अध्यायनरत विद्यार्थीहरुले नेपालको कम्यूनिष्ट आन्दोलनमा मदन भण्डारीको योगदानका बारेमा बताइरहेका थिए ।
मदन भण्डारी फाउण्डेशन धादिङको आयोजनामा ७३ औँ मदन जयन्तीको अवसरमा धादिङबेसीमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलनमा मदन भण्डारीको योगदानको विषयमा जिल्ला स्तरीय माध्यामिक विद्यालय स्तरको वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीहरुले मदनको योगदानबारे चर्चा गरेका थिए ।
कुकुर भुक्दै गर्छ, पिना सुक्दै गर्छ, हात्ति लम्कीँदै गर्छ, देशभक्त छोरो रुदा देशै रुँदो रहेछ भन्ने जस्ता मदन भण्डारीका भनाइहरु र सबैले मन पाएका भाषणबाट वक्तृत्वकलामा विद्यार्थीहरूले मदनभण्डारीको राजनीतिक र सामाजिक आन्दोलनको बारेमा बताएका थिए। विक्रम सम्बत २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मनु भएका मदन भण्डारीको  चितवन जिल्लाको दासढुंगामा रहस्यमय दासढुंगा दुर्घटना मृत्यु भएको थियो ।
१७ माध्यामिक विद्यालयका विद्यार्थीहरु सहभागी भएको कार्यक्रमको मदन भण्डारी फाउन्डेसनका अध्यक्ष उमेश थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य धर्मदत्त देवकोटा, नेकपा उमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा मदन भण्डारकिो जन्म र मृत्युमात्र नभएर जनताको विकासको प्रगतिको पथमा लाग्नुपर्छ र सादा जिवन र उच्च विचार लिएर व्यवहारमा लागु गर्नुपर्छ भन्ने विचार विद्यार्थीहरूको रहेको छ ।
जनताको बहुुदलिय जनबाद र यसले रोजेको जनताको विचारको शासन मार्फत विकासको कुरा समेत उठाउँदै अन्र्तारष्ट्रिय स्तरमा समेत अर्को कार्लमाक्सं भएको समेत विद्यार्थीहरूले वक्तृत्वकलामा उठाउनुभएको थियो ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देवकोटाले विद्यार्थीले बोल्दा आफूले सँगै राजनीति गरेको मदनलाई सम्झेर आँसु चुहिएको बताउँदै सादा जीवन, उच्च विचार, सिद्धान्त जीवनका लागि मदन भण्डारीको बिचारले जीवनमा लागू भएको बताउनुभयो ।
मदन तत्कालीन अवस्थामा एमालेका महासचिव भएपनि अहिलेको राजनीति मदनकै बिचाले अघि बढेको बताउँदै देवकोटाले जीवित देवता जनता भन्ने मदन जनताका सच्चा राजनेता भएको बताउनुभयो ।
२०५० जेठ ३ गते मारिनु भएका मदन भण्डारीले २०६२/६३ को आन्दोलनको नेतृत्व गर्दै अहिले पनि उहाँको विचारले नेतृत्व गर्नु भएको नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीले बताउनुभयो ।
नेकपा एमाले धादिङका सचिव राधिका सापकोटा, मदन भण्डारी फनउण्डेशनका सदस्य हिरा रेग्मी लगायतले जीवन व्यवहार मदभण्डारीको योगदानबारे चर्चा गर्नुभयो ।
वक्तृत्वकलामा एडभान्स एकेडेमीका  संगम लम्साल प्रथम, महाभिरचुली बोर्डिङ स्कुल रितु लामिछाने र महालक्ष्मी माध्यमिक विद्यालयकी जेनिन ढकाल द्वितीय, सुनौलो भैरबी माध्यामिक विद्यालयका प्रशंसा श्रेष्ठ तृतीय र जनकल्याण माध्यमिक विद्यालयका समृद्धि दहाल सान्त्वना हुनुभएको थियो ।
पुरस्कृत प्रथम द्वितीय, तृतीय र सान्त्वना हुनुभएका विद्यार्थीहरूलाई १५ हजार, १० हजार र ५ हजार   र ३ हजार नगद सहित प्रमाण पत्रले प्रदान गर्दै पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्