ललितपुर- १६ वडामा गीतसंगीत र मेलैमेला



ललितपुर ।

ललितपुर महानगरपालिका १६ वडाले आयोजना गरेको रात्रीकालीन व्यापार मेला बुधबार सकिँदै छ भने विहीबार आदिवासी जनजाति सांस्कृतिक मेला हुने भएको छ ।

रात्रीकालीन बजारलाई प्रवद्र्धन गर्ने उद्देश्यले नागबहालमा दुई दिने व्यापार मेला आयोजना गरेको हो।साँझ ५ देखि बेलुका ९ बजेसम्म हुने सो मेलामा वडाका विभिन्न महिला समूहद्वारा उत्पादित सामग्रीको करिब ४० वटा स्टल रहेको छ । मेलाको शुभारम्भ महानगरपालिकाका उपमेयर मञ्जली (आस्था) ले गर्नुभयो।

सो अवसरमा उपमेयर शाक्यले रात्रीकालीन बजार मेलाको लागि अझै पूर्वाधार खडा गर्नुपर्ने जरुरत रहेको बताउँदै यस मेलाले त्यतातर्फ ध्यानाकृष्ट गराउन टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो। मेलाम हस्तकलाजन्य सामग्री सहित नेवाः खाना र मूर्तिहरुको स्टल राखिएको थियो। त्यसका साथै १६ वडा कलाकार समितिको संयोजनमा विभिन्न सांस्कृतिक गीत र नृत्यहरु राति ९ बजेसम्म प्रस्तुत गरिएको थियो।बुधबार नै वडाको जेष्ठ नागरिक समितिले वडाका जेष्ठ नागरिकहरुको सम्मान गरेको छ ।

विहीबार वडाको युवा कमिटीको आयोजनामा जनजाति मेला हुने वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो । मेलामा पनि गीतसंगीत प्रस्तुत गरिने कार्यक्रम रहेको वडाअध्यक्ष शाक्यले जानकारी दिनुभयो।

त्यसैगरी विहीबार पाटन दरबार क्षेत्र केशवनारायण चोकमा वाद्यगुरु सम्मान तथा कलाकार समितिको आयोजनामा लोक तथा शास्त्रीय गीत संगीत प्रस्तुती गरिने छ । ललितपुर महानगरपालिकाले चालू आर्थिक वर्षको कार्यक्रमको फस्र्यौट असार १५ गते भित्र सकिने २९ वडामा पत्राचार गरिसकेको छ ।

असारको बजेट सकाउन मात्र वर्षाको समयमा कार्यक्रमलाई तीब्रता दिएको हो कि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा गीतकार तथा चलचित्र निर्माता समेत रहेका वडाअध्यक्ष शाक्यले भन्नुभयो ‘बजेट पुस्तिकामा राखिएका कार्यक्रमहरु नै सञ्चालन गरेका हौं ।

रकमान्तर गरेर कार्यक्रम राखिएको होइन। गीत संगीत र मेला पनि विकासको अभिन्न पक्ष हुन्।’ यद्यपि नगरसभा तथा वडाको नीति निर्माणमा व्यस्त हुनुपर्ने बेलामा जनप्रतिनिधिहरु विभिन्न कार्यक्रममै अल्झिएको गुनासो गर्नेहरु पनि कम छैनन्।

प्रतिक्रिया दिनुहोस्