थर प्रमाणित गर्न पुगेका एक दलितमाथि उपसचिवको अभद्र व्यवहार



रौतहट ।

थर प्रमाणित गर्न पुगेका एक दलितमाथि ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिबले अभद्र व्यवहार गरेको आरोप लागेको छ ।

बृन्दाबन नगरपालिका–५ नरकटिया भबानीपुर निबासी २० वर्षीय अबिनाश प्रसाद दास र उनका बुवा गडिमाई नगरपालिकाको आयुर्बेद अस्पतालमा कार्यरत रामबाबु दासमाथि ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिब नेत्र प्रसाद शर्माले दलित थर प्रमाणित गर्नुको बदला प्रहरीको जिम्मा लगाउनु साथै अभद्र ब्यबहार गरेका हुन ।

दासले वडाको सिफारिस, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र निबेदनसहित ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिब नेत्र प्रसाद शर्मालाई बुझाउदा उनले जात नखुलेकोले प्रमाण ल्याउनु नभए बन्दैन भनेपछि दासका बुवा राम बाबु दासले प्रतिबाद गर्दै आफनो, छोरी र घर परिबारको सदस्य सबैको दास रहेको र कसैकोपनि नागरिकता प्रमाणपत्रमा जात नखोलेको जानकारी गराएपछि डनहो मुखमुखै लाग्ने भन्दै अपशब्द प्रयोग गर्दै प्रहरीको जिम्मा लगाएको रामबाबु दासले बताए ।

उनले भने प्रमाणित नगर्ने हो लेखेर दिनु भयो भने आफुहरु दलित आयोग जाने बताएपछि उपसचिब शर्माले डन हो भन्दै मुख मुखै लाग्ने भन्दै प्रहरीको जिम्मा लगाएर अपमान गरेको बताए ।

ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिब नेत्र प्रसाद शर्माले वडाको सिफारिसमा दलित भएको तर नागरिकता प्रमाणपत्रमा दास मात्र भएकाले दास खुल्ने कागजपत्र ल्याउन फाटवालाले भन्दा अभद्र शैलीमा प्रस्तुत भएकाले केही समयको लागि प्रहरीको जिम्मा लगाएको बताए ।

प्रहरीको जिम्मा लगाएको आधा घण्टा पछि स्थानीय अगुवाको पहलमा मुक्त भएका दासको ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले कानुन बमोजिम दलित थर प्रमाणित गरिदिएको छ ।

उपसचिब शर्माको कार्यशैलीको सेबाग्रहीले सेबा ढिलो पाउदै आएका छन । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक गौरब महतले दुब्र्यबहारको जानकारी पाएपछि कार्यालय ल्याइएको र पछि मुक्त गरिएको बताए ।

नेपाली काग्रेस चन्द्रपुर नगरसमितिका सभापति मुकेश गिरीले ईलाका प्रशासन कार्यालय बाट सेबाग्रहीको काममा ढिलासुस्ती र आलटाल हुने गरेको बताए । सेबा प्रबाह चुस्त हुन नसक्दा सेबाग्रहीको भिड लाग्ने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्