लमजुङमा पहिरोमा पुरिएका चार जनाको शव निकालियो



लमजुङ ।

जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चार जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको हो ।

पहिराले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए । प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरूको शव निकालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्