नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीको गितार उपहार

2.63k
Shares

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल आइडल विजेता करण परियारलाई बधाई दिएका छन्।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर  प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई बधाई दिँदै गितार उपहार दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुख दुखमा आफू साथमै रहेको बताए।

सो अवसरमा प्रधानमन्त्रीले बधाई दिँदै विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गरेका थिए।