पृथ्वीराज र अनुको रोमान्टिक रुप



काठमाडौं ।

आगामी साउन ११ गते रिलिजमा आउने फिल्म ईश्वरमा समावेश रहेको गीत डुब्दै डुब्दै थिएँ म सार्वजनिक गरिएको छ।

कृष्ण काफ्ले र गीता पाण्डेको स्वर रहेको गीतमा भीष्मराज फूलाराको शब्द रचना र अर्जुन पोखरेलको संगीत रहेको छ।

ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडियोमा फिल्मका कलाकारद्वय पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन्। पोखरा आसपास छायांकन गरिएको गीतमा पृथ्वी र अनुलाई रोमान्टिक रूपमा प्रस्तुत गरिएको छ।

राजु गिरीद्वारा निर्देशित फिल्ममा ध्रुव थापा, सुनील थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाईं, रवीन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायत कलाकारले अभिनय गरेका छन्। नायिका अनु शाह पा“च वर्षको अन्तरालपछि यो फिल्ममा देखिँदैछिन्।

दिव्या कंगना फिल्म्स्को ब्यानरमा हरिबहादुर थापाद्वारा निर्माणाधीन तथा लक्ष्मी कु“वर थापाद्वारा प्रस्तुत फिल्ममा भोजराज देवकोटाको पटकथा र संवाद, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन र रामेश्वर हुमागाईंको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्