भीमको गीत हङ्कङबाट



काठमाडौं ।

गायक भीम लिम्बू सेनेहाङको नयाँ गीत खुल्यो है खुल्यो भिडियोसहित सार्वजनिक भएको छ। लोकशैलीको यो गीत गायक लिम्बूको युट्युब च्यानलबाट सार्वजकि गरिएको हो।

गीतमा संगीत ताराप्रकाश लिम्बू र शब्दरचना गीतकार डा. कृष्णहरि बरालको छ। भिडियो हङ्कङमा छायाँकन गरिएको छ। युगल पोमूले निर्देशन गरेको भिडियोमा कृष्ण सेनेहाङ, विशाल सेनेहाङ, जेनिफर लिम्बू र रेश्मा साम्पाङ राईले अभिनय गरेका छन्। भिडियोमा लिम्बू समुदायको संस्कृति झल्काउनुका साथै युवापुस्ताको रोमान्टिक जीवनशैली चित्रण गरिएको छ।

भिडियोमा कोरियोग्राफी सुक सामेखाम लिम्बू, छायांकन मज्जाको राई र सम्पादन अनीलकुमार महर्जनको रहेको छ। भीमका धानै नाचिन्छ, माया मेरो झुटो रे, हाते काटेर, फेसबुकैलेलगायत गीत छन्।

प्रतिक्रिया दिनुहोस्