विकासले ल्याए खतरा कहानी



काठमाडौं ।

गायक विकास श्रेष्ठको खतरा कहानी बोलको र्‍याप गीत हालै भिडियोहित सार्वजनिक भएको छ। गीतमा शब्द संगीत र स्वर उनकै रहेको छ।

विकासले गीतमा एक युवाको आत्म वृत्तान्त सुुनाएका छन्। जसमा केही गर्ने सपनाअनुसार अघि बढिरहेको मानिसको निराश भोगाइ र अनुभव प्रस्तुत गरिएको छ।
म आज आफू, आफूभित्रै अल्मलिरहेको छु
अत्तालिरहेको छु, जिम्मेवारी ठूलो कर्तव्य माझ
आँतिरहेको छु म अतालिएको छु गीतले भन्छ।

गीतमाथि निर्माण भएको भिडियोमा विकासकै परिकल्पना रहेको छ भने छायांकन र सम्पादन पनि उनैले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्