सोरु गाउँपालिले १४ औँ गाउँसभा, केन्द्रको लाग्याे टुगो



मुगु । 

मुगु जिल्लास्थित सोरु गाउँपालिकाले आफ्नो १४ औँ गाउँसभाबाट ५३ करोड बढीको बजेट सार्वजनिक गरेसँगै अहिले सम्म सोरु गाउँको केन्द्र तोकिएको थिएन यो गाउँसभामा पालिकाको केन्द्र पनि तोकेको छ यो सोरु गाउँपालिकाले गरेको एकै पटकको दुई सफलता हो ।

गाउँपालिकाको १४ औँ गाउँसभामा उपाध्यक्ष केशरबहादुर शाहीले आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ५३ करोड ६१ लाख २ हजार ९६ रुपैयाँ बजेट प्रस्तुत गर्दै सार्वजनिक गर्नु भएको हो । पालिकाले अघिल्लो चालु आर्थिक वर्ष २०८०/०८१ मा ४६ करोड ४६ लाख ४७ हजार बजेट प्रस्तुत गरेको थियो । अघिल्लो वर्षको तुलनामा यो पटक पालिकाले झन्डै ८ करोड बजेट बढी ल्याएको छ ।

उक्त कुल प्रस्तावित बजेट मध्ये पुँजीगत तर्फ २२ करोड ८४ लाख ७० हजार रहेको छ भने चालु तर्फ ३० करोड ६६ लाख ३२ हजार ९६ रुपैयाँ रहेको उपाध्यक्ष शाहीले जानकारी दिनु भयो । पालिकाको आन्तरिक श्रोतमा ५० लाख बजेट प्रस्तुत गरिएको छ । अघिल्लो वर्ष ३३ लाख आन्तरिक श्रोत प्रस्ताव गरिएको थियो ।

आर्थिक वर्ष २०८१/०८२ को बजेटमा शिक्षा ,स्वास्थ्य, पूर्वाधार निर्माण रैथाने बाली प्रर्बधन सुचना प्रविधि लैगिंक हिसा न्यूनीकरण जस्ता कार्यक्रमलाई बजेटमा विशेष प्राथमिकता दिइएको छ । सोरु गाउँपालिकाको १४ औँ बजेट अधिवेशन सभामा अध्यक्ष धर्मबहादुर शाहीले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

नीति तथा कार्यक्रममा ११ वटै वडा तहका बस्ती स्तरमा सडक निर्माण ५५ वटा बस्तीका स्थानीयलाई शुद्ध खानेपानी ,ग्रामीण बिद्युतीकरण, विद्यालय भवन निर्माण, सबै वडा तह बाटै स्थानीयको सेवाप्रबाह हुने गरि पूर्बाधार निर्माणको ब्याबस्था उल्लेख गरिएको अध्यक्ष शाहीले बताउनु भयो ।

उहाँले भन्नुभयो ‘पालिका भित्र आवासीय विद्यालय सञ्चालन गर्न र तारा पानीमा निमार्णाधिन १५ शय्या अस्पताल सञ्चालन गर्न नीति तथा कार्यक्रममा योजना उल्लेख गरेका छौँ ।’ नीति तथा कार्यक्रममा ग्रामीण पर्यटन प्रर्बधनलाई जोड, यस गाउँपालिका भित्र पुरातात्त्विक महत्त्व बोकेका ऐतिहासिक धार्मिक मठमन्दिर भई गुरामन्दिर लगायत जीर्णोद्धार, जिमा कुलाहाँ तातोपानीलाई पर्यटकीय स्थलमा विकास गर्न विशेष जोडे दिइएको प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले जानकारी गराउनु भयो ।

पालिकाले खेलकुद क्षेत्रको प्रवर्द्धन र विकास गर्न नीति तथा कार्यक्रम उल्लेख गरेको छ । पालिका भित्रका धार्मिक पर्यटन पदमार्ग निर्माण, बिरामीका निम्ति एम्बुलेन्स सञ्चालन नीति तथा कार्यक्रम उल्लेख गरिएको छ । १४ औँ गाउँसभामा पालिका केन्द्र पनि निर्धारण गर्ने तयारी गरिएको छ ।

संघीय सांसद ऐनबहादुर शाहीले उदघाटन गर्नु भएको सोरु गाउँपालिकाको १४ औँ गाउँसभामा प्रदेश सभासद मंगलबहादुर शाही विशिष्ट अतिथिको रुपमा उपस्थित थिए । यो गाउँसभाले ५३ करोडको बजेट सार्वजनिक गरेसँगै करिब सात वर्ष सम्म विवादको कारण पालिकाको केन्द्र तोकिन सकेको थिएन अहिले सबै दलहरूको सहमतीमा सोरु गाउँपालिकाको केन्द्र सोरुकोटमा रहने गरि सर्वदलीय सहमतीमा तोकिएको सोरु गाउँपालिका उपाध्यक्ष केशर जङ्ग शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्