२ करोड लुटेकाे आरोपमा हवल्दारसहित ४ जना पक्राउ



काठमाडौं ।

भक्तपुरको दधिकोटमा २ करोड रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन् ।

दधिकोटका डिल्लीराज राउतको २ करोड लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी हवल्दारसहित ४ जना पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुजन रसाइली, भीम तामाङ, मुनाराज राई, कृष्णबहादुर बोहरालाई पक्राउ गरेको हो ।

असार ४ गते सो रकम लुटपाट गरेको उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । मुख्य योजनाकार भनिएका व्यक्ति कुलबहादुर खत्री भने फरार छन् ।

प्रतिक्रिया दिनुहोस्