विवाद र फवाहबीच सोनाक्षीको बिहे



काठमाडौं ।

सोनाक्षी सिन्हाले आइतबार प्रेमी तथा अभिनेता जहिर इकवालका साथ विवाह गरिन्। उनीहरूले भारतको विषेश विवाह ऐनअन्तर्गत रहेर विवाह दर्ता गरेका हुन्।

सोनाक्षी हिन्दु र जहिर मुस्लिम धर्मावलम्बी हुन्। यस्तो अवस्थामा कतिपय सेलिब्रेटीले दुवै परम्पराअनुसार विवाह गर्ने गरे पनि सोनाक्षी र जहिरले रजिस्टर विवाहलाई रोजेका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार सोनाक्षी र जहिरको पहिलो भेट सलमान खानले आयोजना गरेको पार्टीमा सहभागी हुने क्रममा भएको थियो।

मुम्बईमा आयोजित विवाह दर्ता कार्यक्रमपछि उनीहरूले बेलुका अभिनेत्री शिल्पा शेट्टीको मुबईस्थित बस्तिना रेस्टुरेन्टमा रिसेप्सन पार्टीको आयोजना गरेका थिए। जहाँ अभिनेता सलमान खान, रेखा, अदितची राव हैदरी, हनी सिंहजस्ता सेलिब्रेटीको सहभागिता रहेको थियो।

सात वर्षदेखि गुपचुप रूपमा प्रेम सम्बन्धमा रहेको यो जोडीले आइतबार विवाहपछि सामाजिक सञ्जालमा एक पोस्ट सेएर गर्दैै सात वर्षको अवधिमा आफूहरूले विभिन्न आरोह अवारोह पार गर्दै र दुवैको परिवारको साथ र भगवानको आर्शिवादले विवाहसम्म आइपुगेको बताएका थिए।

विवाह दर्ता कार्यक्रममा सेतो सारीमा सजिएकी सोनाक्षी पार्टीमा भने रातो सारी र सिउँदोमा सिन्दुरका साथ सजिएकी थिइन्। सोनाक्षीले वैवाहिक समारोहमा लगाएको सेतो सारी ४४ वर्ष पुरानो हो। उनले आफ्नी आमा तथा अभिनेत्री पुनम सिन्हाको विवाहको सारी लगाएकी थिइन्।

विवाहअघि सोनाक्षीले मुम्बईस्थित घर रामायणमा विषेश पूजा गरेकी थिइन् भने मेहेन्दी कार्यक्रम पनि गरेकी थिइन्। पुराना र प्रतिष्ठित अभिनेता शत्रुघन सिन्हाका एकमात्र छोरी भए पनि पनि सोनाक्षीको विवाह सामान्य हिसाबले गरिएको थियो। तर, चर्चाको हिसाबले भने सोनाक्षीको विवाह बलिउडकै चर्चित विवाह बन्न पुग्यो।

उनीहरू फरक धर्मका कारण सञ्चार माध्यममा विवाहलाई लिएर निकै गसिप र चर्चा फैलिएको थियो। सोनाक्षीको विवाहको कुराकानी बाहिरिएपछि भारतीय सञ्चार माध्महरूले सोनाक्षीको रोजाइबाट पिता शत्रुघन सिन्हा खुशी नरहेको बताएका थिए।

हालै सम्पन्न लोकसभा चुनावमा त्रिणमूल काँग्रेसबाट पश्चिम बंगालको निर्वाचनमा विजय हासिल गरेका शत्रुघनले पनि सञ्चार माध्यमसँगको कुराकानीको क्रममा आफू लोकसभा चुनावको नतिजा अँएकाले व्यस्त भएको जनाउँदै छोरीको विवाहबारे आफूलाई थाहा नभएको बताएका थिए।

छोरीको विवाहबारे आफूले सञ्चारमाध्यमबाट मात्र खबर पाएको र थाहा नभएको भन्दै सोनाक्षी आफ्ना एकमात्र छोरी भएका कारण उनको खुशीमा आफू पनि खुशी नै हुने र विवाह भएमा आफू पनि सहभागी हुने बताएका थिए। ‘हिजोआजका बच्चा आमाबाबुसँग विवाहको सहमति लिँदैनन्, केवल आफ्नो विवाहको निर्णय सुनाउँछन्,’ उनले भनेका थिए।

जुन कुराले सोनाक्षीको विवाह हुने कुराले शत्रुघन खुशी छैनन् भन्ने कुरालाई थप मलजल गरेको थियो। विवाहको केही दिन अघिमात्र सोनाक्षीलाई आमा पुनम सिंह र भाइले समेत सामाजिक सञ्जालमा अनफलो गरेकाले उनको सम्पूर्ण परिवार यो विवाहबाट खुशी नभएको सञ्चार माध्यमले शत्रुघन सोनाक्षीको विवाहमा सहभागी हुने सम्भावना न्यून रहेको आँकलन गरेका थिए। तर, आइतबार उनको विवाह र पार्टीमा शत्रुघनको उपस्थितिले यो सबै अफवाहलाई गलत सावित गरिदिएको छ।

विवाहपछि सोनाक्षीले धर्म परिवर्तन गरेर मुस्लिम बन्ने हल्ला चले पनि सोनाक्षीका ससुरा तथा जहिरका पिता इकबाल रतान्सीले भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा सोनाक्षीले विवाहपछि धर्म परिवर्तन नगर्ने बताएका छन्।

सोनाक्षीले भने बिहेलगत्तै एक हिन्दु धार्मिक समूहबाट धम्की झेल्नुपरेको छ। उनलाई पुर्ख्यौली नगर बिहार राज्यको हिन्दु शिव भवानी सेनाले हिन्दु भएर मुस्लिमसँग बिहे गरेको भन्दै बिहार प्रवेशमा रोक लगाउने धम्की दिएको हो। बिहारको राजधानी पटनाको मुख्य चोकमा सोनाक्षीका पिता शत्रुघ्न सिन्हा र पति जहिर इकबालको समेत ठुलो पोस्टर लगाएर हिन्दु शिव भवानी सेनाले सोनाक्षी र उनको परिवारका लागि सो चेतावनी दिएको हो।

उनलाई सो समूहले देशलाई नै स्लामीकरण गर्ने कोसिसमा लागेको आरोपसमेत लगाएको छ। पोस्टरमा शत्रुघनलाई पनि छोरीको विवाहबारे पुनर्विचार नगर्ने हो भने आफ्नो घरको नाम (रामायण) को नाम पनि तुरुन्त परिवर्तन गर्नसमेत चेतावनी दिएको छ। पछिल्लो समय सोनाक्षी वेब सिरिज हिरामण्डीमा गरेको अभिनयका कारण पनि चर्चामा छिन्।

प्रतिक्रिया दिनुहोस्