ब्राड पिट तेस्रो बिहे गर्दै !



काठमाडौं

हलिउड अभिनेता ब्राड पिट त्यस्ता अभिनेता हुन, जसको फिल्मी जीवनका साथै व्यक्तिगत जीवन पनि चर्चामा रहने गर्छ।
सन् २०१९ मा अभिनेत्री एन्जेलिना जोलीका साथ सम्बन्ध विच्छेद गरेका उनी पछिल्लो समय डी रोमनका साथ डेट गरिरहेका छन्।

एजेन्सीले जनाएअनुसार अब ब्राड डी रोमनका साथ तेस्रो विवाह गर्नेबारे सोचिरहेका छन्। ६० वर्षीय ब्राडले गतवर्ष ३० वर्षीया रोमनलाई प्रेम प्रस्ताव राखेका थिए। त्यसपछि बेलाबेलामा दुवैको रोमान्टिक तस्वीर सामाजिक सञ्जालमा भाइरल हुने गरेको छ।

लाइफ एन्ड स्टँइल म्यागेजिनले सुत्रलाई उद्वृत गर्दै समाचारमा जनाएअनुसार केही समयदेखि सँगै बस्दै आएका डी र ब्राड छिट्टै विवाह गर्ने योजनामा रहेका छन्। एन्जेलिनाका साथ सम्बन्ध विच्छेदपछि उनका बच्चाले पनि आफ्नो नामबाट ब्राडको थर हटाएका छन्। एन्जेलिनाको तर्फबाट ब्राडको दुई जुम्ल्याहा सन्तान रहेका छन्।

त्यसैगरी, एन्जेलिनाको पहिलो पतिको तर्फबाट १, एन्जेलिनाले नै अपानएका ३ र ब्राडकोतर्फबाट २ गरी ब्राड ६ सन्तानका पीता हुन्। ब्राडको पहिलो विवाह सन् २००० अभिनेत्री जेनिफर एनिस्टनका साथमा भएको थियो भने उनीहरू सन् २००५ मा अलग भएका थिए।

प्रतिक्रिया दिनुहोस्