भिडियोमा सेलिब्रेटी क्रस



काठमाडौं ।

एउटा जमाना थियो कुनै खास अवसरमा पोस्ट कार्डमा आफ्ना भावना लेखेर प्रिय व्यक्तिलाई दिइन्थ्यो। त्यो जमानामा सेलिब्रेटी क्रसको पनि खास महत्व हुन्थ्यो।

आफूलाई मन पर्ने नायक नायिकाको तस्वीरमा वा आफूलाई मन पर्ने प्रिय व्यक्तिलाई आफ्ना भावना लेखेर दिनेमात्र होइन प्रतिक्रियामा आएकोदेखि भित्तामा टासिएका फिल्मको पोस्टरबाट आफ्ना क्रसको फोटो काटेर पर्समा राख्ने चलन थियो।

यो पुरानो अनुभवलाई तिम्रो तस्वीर गीतको भिडियोमार्फत् विक्रम चौहानले भिडियोमा उतारेका छन्। सुजन बाबु गुरुङको स्वर तथा शब्द र संगीत रहेको गीतको शब्द लेखनमा उनलाई प्रवेश दुलालले साथ दिएका छन्।

भिडियोमा एक आम दर्शक बनेका सुजनको क्रस स्वस्तिमा खड्का हुन्छिन्। तर, स्वस्तिमाको विवाहले सुजनको मन टुक्रिएको कथा देखाइएको छ।

चौहानको कथा र निर्देशन रहेको भिडियोमा सुजनसँगै बलराम परियार र हिमा सापकोटाले अभिनय गरेका छन्। भिडियोमा छायांकन प्रकाश खड्का र सम्पादन मिलन विश्वकर्माको रहेको छ।

प्रतिक्रिया दिनुहोस्