वेभ सिरिज ‘स्वस्तानी भर्सेस ग्याङ्ग’ को पहिलो एपिसोड सार्वजनिक



काठमाडाैं  ।

कासिरिकार्टुन क्रुको प्रस्तुतीमा तयार भएको वेभ सिरिज ‘स्वस्तानी भर्सेस ग्याङ्ग’ को पहिलो एपिसोड सार्वजनिक भएको छ।

सरोज अधिकारीको निर्देशनमा तयार भएको यो सिरिजमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लक्ष्मी गिरि , प्रताप दास , बिजय अधिकारी, जिबेश सिंह गुरुङ , अभिप्सा खनाल, सोनिया लामा, निकलोस अर्याल , मानश श्रेष्ठ ,अस्मिता खनाल , रोश्नी कार्की, लगायतका कलाकारको अभिनय रहेको छ।

यो वेभ सिरिजलाई सरोज र सागर खनाल मिलेर निर्माण गरेका छन्।सिरिजको कार्यकारी निर्माता विजय अधिकारी बन्नी हुन् । सिरिजको पहिलो शृंखलामा प्रताप र आश्माको लभ इन्ट्रेस्टलाई प्रस्तुत गरिएको छ। विभिन्न सोच भएका युवा पुस्ताका पात्रहरु समावेश गरिएको छ। सिरिजको कथा र पटकथा सरोज र सागरले मिलेर तयार पारेका छन्। सिरिजलाई मिठास बनाउन योगेश काजी शाह र सारिका घिमिरे ले स्वर थपेका छन।

वेब सिरिजमा संकल भुजेलको छायांकन र सागर खनालको सम्पादन रहकोछ । एड्भेन्चर, कमेडी, रोमान्टिक ड्रामा जनरामा राखिएको यो सिरिज कार्टुन्ज क्रुको युट्युब च्यानल बाट स्ट्रिमिङ भएको छ । सिरिजको शीर्ष भूमिका स्वस्तानीमा आश्माले अभिनय गरेकी छन् ।

एउटा मोबाइल वरपर केन्द्रित कथावस्तुमा सिरिज बनेको छ । सिरिजमा कुल १० एपिसोड हुनेछ । ‘हामीले पहिले लभस्टोरी बनाउँथ्यौं । यसपटक भने त्यो जनरा छाडेर कमेडी र एड्भेन्चरतिर लागेका छौं टिमले बताएको छ।

प्रतिक्रिया दिनुहोस्