पत्रकारिता तालिम समापन



उदयपुर ।

उदयपुरको गाईघाटमा असार ३ गतेबाट शुरु भएको एक हप्ते पत्रकारिता तालिम आइतबार एक समारोहका बिचमा समापन भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको समन्वय र नेपाल पत्रकार महासंघ उदयपुर शाखाको सहजीकरणमा भएको सो तालिम कार्यक्रमा जम्मा ३१ जनाले आधारभूत पत्रकारिता तालिमका साथै लेखनसीप र मोवाइल पत्रकारिताका बारेमा प्रशिक्षण दिइएको थियो ।

घरेलु तथा साना उद्योग कार्यालयका कायाृलय प्रमुख नरेन्द्र पराजुलीको अध्यक्षतामा र त्रियुगा नगरपालिकाकी उप मेयर महेश्वरी राईको प्रमुख आतिथ्यतामा भएको सो तालिम समापन कार्यक्रममा प्रमुख अतिथि राईले पत्रकारिता तालिम लिएर मात्र नहुने र पत्रकार भएपछि समाचार लेखन कार्यलाई निरन्तरता दिएमा र सत्य तथ्य समाचार सम्प्रेषण गर्दै व्यवसायिक रुपले अघि बढ्न तालिमले सहयोग पुग्ने बताउनु भयो ।

तालिमका प्रहिशक्षक तथा वरिष्ठ पत्रकार कौशल चेम्जोङले पत्रकारिता बौद्धिकताले खारिएको पेशा भएकोले दिमाग लगाएर र समाचार पहिचान गरेर आ आफ्नो दृष्टिकोणका आधारमा सही कुरा लेख्न सक्नु पर्ने बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पत्रकार मिसन राईले मोवाइल पत्रकारिता गर्दा आफू जुन देशमा बसिएको छ त्यही ठाउँको समाचार मोवाइलमा , युटुबमा राख्न सकिने र यसबाट आर्थि रुपपले फाइदासमेत हुने बताए । प्रशिक्षकहरुले तालिम दिएका थिए ।

तालिमको समापनका क्रममा नेपाल साहित्यिक पत्रकार संघका केन्द्रीय सदस्य तथा नेपाल समाचारपत्रका उदयपुर प्रतिनिधि माधव पोखरेल गोज्याङ्ग्रेले पत्रकारिता विगतको तुलनामा सस्तो पेशा भएको तर रोजगारको ग्यारेन्टी नहुँदा पत्रकारिता गरेर बाँच्न कठिन भैरहेको बताउँदै व्यवसायिक रुपले पत्रकारितामा पनि चुनौती थपिदै गएको बताए ।

यसैगरी नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष मधुकर थापाले घरेलु कार्यालयमा संचार उद्योग पनि दर्ता हुने गरेकोले सो सम्बन्धी प्रशिक्षण आवश्यक ठानिएकोले घरेलु कायाृल्यसँग समन्वय गरी प्रशिषणको आयोजना गरिएको बताए ।

कार्यक्रमका अध्यक्ष तथा घरेलु कार्यालयका प्रमुख नरेन्द्र पराजुलीले पत्रकारिता पेशा मर्यादित पेशा रहेकोले अनुशासित, इमान्दार, सत्य तथ्यमा आधारित रहेर समाचार लेख्नकालागि असल पत्रकार उत्पादन गरेर संचार उद्योगको महत्व बढाउन यो तालिमको आयोजना गरिएको बताए ।

सो तालिममा वरिष्ठ पत्रकार कौशल चेम्जोङ, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मिसन राई लगायतका पत्रकारहरुले एक सातासम्म प्रशिक्षण दिएका थिए । तालिम समापनका क्रममा सहभागिहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्