ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ



उदयपुर ।

बैदेशिक रोजगारमा पठाइदिन्छु भनेर ठगी गर्दै हिडेकोमा अदालतको आदेशले जरिवाना सहित कैद सजाय तोकिएका तर फरार रहेका एक जनालाई आइतबार जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार उदयपुर जिल्ला अदालतको मिति २०७४ फागुन २१ गतेको फैसलाले बैदेशिक रोजगारमा पठाई दिन्छु भनि ठगी गरेको अभियोग लागेका तर फरार रहेका त्रियुगा नगरपालिका ८ का ५३ वर्षका मिन बहादुर मगरलाई पक्राउ गरी फैसला कार्यान्वयनकालागि उदयपुर जिल्ला अदालतमा बुझाइएको छ ।

मगरलाई ठगी गरेको अभियोगमा उदयपुर जिल्ला अदालतले एक वर्ष तीन महिना चौविस दिन कैद र चारलाख पचास हजार रुपैया जरिवाना तोकेकोमा उनी फरार अवस्थामा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्