मेलबर्नमा नेपाली जनसम्पर्क समिति प्रजातन्त्र सेनानी सम्मान



अस्ट्रेलिया ।

अस्ट्रेलियाको मेलबर्नमा नेपाली जनसम्पर्क समिति मेलबर्नले प्रजातन्त्र सेनानी सम्मान गरेको छ । जनसम्पर्क समितिले नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रजातन्त्र सेनानी दुर्गा आचार्य र नारायण काफ्लेलाई सम्मान गरेको हो ।

आइतबार सम्मन तथा भेटघाट कार्यक्रमको आयोजना गरेको नेपाली जनसम्पर्क समितिले पहिलो पटक विदेशमा बस्ने प्रजातन्त्र सेनानीलाई सम्मान गरेको हो ।

नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालको प्रमुख आतिथ्यतामा सम्पनन सम्मान सम्मान तथा भेटघाट कार्यक्रमको सभापतित्व मेलबर्नका सभापति दिनेस बञ्जाराले गरेका छन् । सो कार्यक्रममा प्रमुख अतिथि दाहालले नेपालको प्रजातान्त्रीक आन्दोलनलाई परिणाममुखी बनाउन प्रजातन्त्र सेनानीहरुले गरेको त्याग र बलिदानीको चर्चा गरे ।

उनले देश विदेश जहाँ भएपनि प्जातन्त्र सेनानीलाई नेपाली माटोले सधै सम्झीरहने बताए । लायन्स क्दव अफ इन्टरनेशनलको अन्र्तराष्ट्रिय सम्मेलन तथा प्रजातन्त्र सेनानीहरुको सम्मान कार्यक्रममा भाग लिन असार ३ मा अष्ट्रेलिया गएका दाहाल २९ असार सम्म त्यही रहने कार्यक्रम छ । दाहाल अध्यक्ष भएपछि प्जातन्त्र सेनानी संघको समेत सक्रियता बढेको छ ।

प्रतिक्रिया दिनुहोस्