सुशील प्याकुरेलद्वारा राजदूत पद अस्वीकार

13.25k
Shares

काठमाडौं ।

दक्षिण कोरियाका लागि राजूदत सिफारिश भएका मानव अधिकारकर्मी सुशील प्याकुरेलले राजदूत बन्न अस्वीकार गरेका छन्।

मन्त्रिपरिषद्को असार ७ गते बसेको बैठकले प्याकुरेललाई दक्षिण कोरियाका लागि राजदूतमा सिफारिश गरेको थियो। प्याकुरेलले आफ्नो नाम फिर्ता लिन अनुरोध गरिएको पत्र आइतबार प्रधानमन्त्रीको सचिवालयमा दर्ता गराएका छन्।

राजदूत नियुक्तसम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालमा विषयमा समेत विमर्श आवश्यक रहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।