स्वराको आरोप



काठमाडौं ।

तनु वेड्स मनु, राझणाजस्ता फिल्ममार्फत बलिउडमा आफ्नो फरक पहिचान बनाएकी अभिनेत्री स्वरा भास्करले पछिल्लो समय आफूलाई बलिउडमा कथित अछुतलाई जस्तो व्यवहार गरिएको आरोप लगाएकी छन्।
सधैँ आफ्नो कुरा खुलस्त राख्ने उनले हालै एक अन्तरवार्ताको क्रममा आफूलाई फिल्मकर्मीबाट पछिल्लो समय फरक व्यवहार हुने गरेको खुलाएकी हुन्।

‘मेरो केही कन्ट्रोभर्सीका कारण एक इमेज बनेको छ। त्यस कारण फिल्म मेकर मस“ग काम गर्नबाट बचेर हिँड्छन्,’ उनले भनेकी छन्। स्वराले आफ्ना लागि सबैभन्दा मह“गो कुरा आफ्नो सामाजिक सञ्जालको खाता हुन गएको र जसको कारण करिअर बिग्रेको समेत खुलाएकी छन्।

उनले आफूलाई केही कास्टिङ डाइरेक्टरले आफूजस्तै अभिनेत्री चाहिएको बताए पनि आफूलाई भने नलिएको बताएकी छन्।

‘कास्टिङ डाइरेक्टरलाई मजस्तै अभिनेत्री चाहियो भन्ने ब्रिफ गरिन्छ। तर, मसँग जोडिएको विवादका कारण मलाई लिन चाहँदैनन्। त्यस कारण म केही फिल्म मेकरका लागि कथित अछुत नै भएकी छु। यो मेरो शब्द होइन। केही मेरा शुभचिन्तक, निर्माता र निर्देशकको हो। जसले मलाई कास्ट गर्न चाहे पनि स्टुडियोबाट मेरो नाम सुन्नासाथ रिजेक्ट गरिन्छ,’ स्वाराले भनेकी छन्।

स्वराले आफ्नो पति तथा समाजवादि पार्टिका नेता फहाद अहमदले भने आफूलाई काम गर्न प्रेरित गर्ने गरेको बताएकी छन्।

‘मेरो पछिल्लो फिल्म जहाँ चार यार रिलिजको बेला फहाद पनि गएका थिए। फिल्म त राम्रो चलेन, तर मैले त्यसमा निकै मिहिनेत गरेको थिएँ। फिल्म हेरेपछि उनले भनेका थिए तिमीले निकै स्याक्रिफाइज गरेको छौं। मान्नै पर्छ तिमी वास्तवमा निकै राम्रो अभिनेत्री हौं। तिमीले अझै धेरै काम गर्नुपर्छ। काममा ध्यान देऊ भनेका थिए,’ स्वाराले प्रष्टयाउँदै भनेकी छन्।

स्वराले सन् २०२३ मा फहादका साथ विवाह गरेकी थिइन्। विवाहपछि उनले कुनै पनि फिल्ममा काम गरेकी छैनन्। उनी छोरी राबियाको हेरचाहमा व्यस्त छिन्।

प्रतिक्रिया दिनुहोस्