हङकङ चाइनाको प्रिमियर



काठमाडौं ।

राजधानीमा हङकङ चाइना ३ म्युजिकल फिल्मको प्रिमियर गरिएको छ। प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा चावहिलस्थित चलचित्र विकास बोर्डमा शुक्रबार विभिन्न झाँकीसहित आयोजित प्रिमियरमा नाल्बो के लाङ परिवारको च्याब्रुङ नाच, धन नाचबाट पाहुनाको भव्य स्वागत गरिएको थियो।

चोकफुङ इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिस्वरुप निर्मित हङ्कङ चाइना ३ मा प्रेम सुब्बा, मनु नेम्बाङ, गीता पालुङ्वा, विमला इवारम, नैना कला वनेम, रत्न लावति लिङ्देन, उदय बेघालगायतले अभिनय गरेको हङ्कङ चाइना ३ लोकेन सावा“ लिम्बूले निर्देशन गरेका हुन्।

पालाम म्युजिकल फिल्ममा शब्द रचना गीता पालुङवा, स्वर मनु नेम्बाङ र शीव कुमार सम्बाहाङफे तथा संगीत संयोजन श्याम आङ्लाको रहेको छ।

प्रतिक्रिया दिनुहोस्