आमा गुमाएका जुम्ल्याहा नानीहरुलाई सहयोग



नवलपरासी ।

नाला दुर्घटनामा आमा गुमाएका पूर्वी नवलपरासीको कावासोती ५ निवासी जुम्ल्याहा नावालिकालाई संघीय सांसद सशांक कोईरालाले आर्थिक सहयोग गरेकाछन् ।

शनिवार अढाई वर्षका ती नावालिकाहरूलाई घरैमा भेटेर उनिहरूको तत्कालै आवश्यक पौष्टिक आहारका निमित्त कोईरालाले ४० हजार रूपैयाँ प्रदान गरेका हुन् ।

गत जेठ ३१ गते कावासोती २ स्थित फलफूल चोकमा नाला बनाउँदै गर्दा ती नाबालिकाहरूका आमा तानमाया गाहासहित स्थानीय सेती राना र चमेली मश्रांगी मगरको माटोले पुरिएर मृत्यु भएको थियो ।

सोही क्रममा सांसद प्राध्यापक डाक्टर कोईरालाले आफ्नो निर्वाचन क्षेत्रका मृतक मजदुर ३ जना प्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै सम्बद्ध परिवारजनलाई भेटेर समवेदना प्रकट गरेका थिए ।

भेटका अवसरमा पूर्व सांसद ओमकला गौतम, नेका जिल्ला उपसभापति बालकृष्ण घिमिरे, सचिव महेन्द्र पोखरेल, क्षेत्रीय सभापति अमृत भट्टचन लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्