सरकारलाई धक्का दिने गरी प्रतिपक्षको भूमिका शसक्त बनाउने सभापति देउवाको जिकिर



बुटवल ।

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा १ महेसपुरमा स्वः पृथ्वीराज कण्डलको स्मृतिमा बस पार्क निर्माण गरिएको छ । बसपार्कको शनिवार नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बसपार्कको उदघाटन गर्दै स्वः कँडेलको अर्धकदको सालिक पनि अनावरण गर्नु भयो ।

पुर्व प्रधानमन्त्री समेत रहनु भएका देउवाले प्रतिपक्षको भूमिका अब शसक्त बनाउने जिकिर गर्नु भयो ।सभापति देउवाले, कांग्रेसको प्रतिपक्षको भुमिकामा तमाम प्रश्नहरु उठिरहेको हुँदा अब पार्टीले प्रतिपक्षको भुमिका थप शसक्त बनाई अगाडी बढने बताउनु भयो ।

उहाँले पाटीले अब जनजीविकाको सवालमाल केन्द्रित हुने पनि जिकिर गर्नु भयो । देउवाले महेसपुर मूल भन्सार भएपनि विभिन्न पुर्वाधार र जनशक्तिको अभावले पुर्ण रुपमा संचालन आउन नसकेकाले यसको भौतिक एवं प्रशासनिक सुधारका लागि पहल गर्ने समेत जिकिर गर्नु भयो ।

कार्यक्रममा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले नेपाल र भारतको सिमानाकामा केही सांसदले काँडेतार लगाउनुपर्ने माग राखेको भन्दै मधेशी जनभावना र सुविधामा आँच आउने कुनै पनि कुरा नगर्न चेतावनी दिनु भयो ।

स्वः पृथ्वीराज कण्डेल पूर्वगृहराज्य मन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कँडेलका पिता हुन् । उहाँकोे स्मृतिमा यस बसपार्कको नाम स्वः पृथ्वीराज कण्डेलको नामबाट नामाकरण गरिएको र अर्धकदको सालिक निर्माण गरिएको आयोजक समितिले जनाएको छ ।

स्वं कँडेल २०१५ सालमा पाल्हिमाझ खण्डपूर्वी निर्वाचन क्षेत्र नम्बर ५७ बाट निर्वाचित सांसद हुन् । २ कट्टाबढि क्षेत्रफलमा फैलिएको उक्त बसपार्क निर्माणका लागि शहरी विकास मन्त्रालयबाट एक करोड रुपैया बजेट विनियोजन भई काम भएको हो । यस बसपार्क निर्माणमा देखिएका जटिलताहरु पाल्हीनन्दन गाउँपालिका र पुर्व गृहराज्य मन्त्री देवेन्वद्रराज कण्डेल लगायतले सहजीकरण गर्नु भएको थियो ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले राजनीतिक दल फरक–फरक भए पनि जिल्लाको विकासमा सबै दल एकै स्थानमा उभिनुपर्ने बतानउनु भयो । कार्यक्रममा पुर्व मुख्यमन्त्री डिल्लि बहादुर चौधरी, प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, देवकरण कलवार, अब्दुल रज्जाक, पुर्व सांसद प्रमोद यादव र विभिन्न पालिकाका प्रमुखहरुको उपस्थिी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्