संसदमा अमर्यादित गतिविधि गर्ने सदस्यमाथि कारबाही हुन्छ : सभामुख घिमिरे



भक्तपुर ।
सभामुख देवराज घिमिरेले संसदमा अमर्यादित गतिविधि गर्ने सदस्यमाथि कारबाही हुने बताउनुभएको छ । भक्तपुरको दुवाकोटस्थित गोल्डेन सुनगाभा इङ्गलिस बोर्डिङ्ग स्कुलले आज आयोजना गरेको गोल्डेन सुनगाभा संसद अधिवेशनमा बोल्दै सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावलीले यसको नियमन गर्ने अधिकार प्राप्त गरेको बताउनुभयो ।
संसदमा अमर्यादित गतिबिधि र तोडफोड नगन्य रुपमा मात्रै हुने गरेको बताउँदै सभाुमख घिमिरेले संसद भवन भित्र सांसदबाट यस्ता गतिबिधि भएमा सचेत गराउने, रेकर्डबाट हटाउने, माफी मगाउने, चेतावनी दिने, अटेर गरेर पटक पटक अमर्यादित गतिबिधि भए तीनदिनदेखि तीन महिनासम्म सभाबाट निष्काषण गर्ने र जे पनि गर्न खोजे फौजदारी मुद्धा लगाउन सक्ने व्यबस्था रहेको बताउनुभयो ।
उहाँले २०७५ सालमा बालअधिकार सम्बन्धी कानून पास भएको चर्चा गर्दै बाल अधिकारलाई तीन तहकै सरकारले कार्यान्वयनमा ल्याएको बताउनुभयो ।  उहाँले शिक्षा विद्ययेक संसदमा टेबलु भएर छलफल भएको र यसलाई संसदको शिक्षा समितिमा पनि छलफलका लागि पठाईएको  बताउनुभयो । यो विधेयक पारित गर्न समन्वय गरिरहेको बताउनुहुँदै यो वर्षे अधिवेशनमा पास हुने सम्भावना छैन भन्नुभयो ।
हिउँदे अधिवेशनमा शिक्षा विद्ययेक पारित हुने अपेक्षा गरेको उहाँले बताउनुभयो । सभामुख घिमिरेले देशमा बढ्दो बेरोजगार समस्या चुनौती बनेको भन्दै राज्यले यही केही गर्न सक्ने वातावरण सृजना गर्नु पर्ने बताउनुभयो ।  विद्यार्थीले सामाजिक शिक्षा अन्तर्गत आज सञ्चालन गरेको संसदको अभ्यासमा सभामुख घिमिरेलाई सांसद बनेर सत्ता पक्ष र प्रतिपक्षको रोहमा बसेका विद्यार्थीहरुले बिभिन्न प्रश्नहरु गरेका थिए ।
विद्यालय व्यबस्थापन समितिका अध्यक्ष लीलानाथ निरौलाले विद्यार्थीले सामाजिक शिक्षा विषयको पाठ्यक्रममा आधारित रहेर संसदको अभ्यास गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्